FAQs Complain Problems

‘‘घ’’ वर्गको निर्माण व्यवसायी प्रमाणपत्र जारी गर्न

सेवा प्रकार:

लाग्ने समय: 
१५ दिनभित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित कर्मचारीहरु
सेवा दिने कार्यालय: 
गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) व्यवसाय सञ्चालनको लागि निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२)  अन्यत्र दर्ता भै सकेको व्यवसायीको हकमा घरेलुमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, भ्याट र प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ताको प्रतिलिपि लगायतका कागजातहरु
३) इजाजतपत्र दर्ताको प्रतिलिपि 
४) आफ्नै घर वा जग्गामा व्यवसाय सञ्चालन गर्ने भए लालपुर्जाको प्रतिलिपि साथै चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
५) भाडामा बसेको भए घर धनीको वा जग्गाको लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि र भाडामा लिने सम्बन्धि सम्झौताको प्रतिलिपि
६) मेकानिकल इन्जिनियरको सिफारिश
७) प्राविधिक, प्रशासनका कार्य गर्ने कर्मचारीको प्रतिवेदन
८)  प्रोप्रराइटरको फोटो २ प्रति