समाचार
लैंगिक हिंसाको १६ दिने अभियान कार्यक्रम
गल्छी गाउँपालिकाको आयोजना तथा रिम्स नेपालको सहआयोजनामा लैंगिक हिंसाको १६
दिने अभियान कार्यक्रम को अवसरमा मिति २०७७ मंसिर २३ गते "कोभिड १९ र यसका
महिला तथा बालबालिकामा परेको मनोसामाजिक असर तथा न्यूनीकरणका उपाय" विषयक
१ दिने कार्यशाला गोष्ठी रिम्स नेपालको सभाहलमा सम्पन्न भयो । कार्यक्रम पूर्व शिक्षा मन्त्री
डा. गंगालाल तुलाधार ज्यूको प्रमुख आतिथ्यता, गल्छी गा.पा. का उपाध्यक्ष श्री राधा तिमल्सिना,
प्रमुख प्रशासकीय अधिकृत, प्रशिक्षक श्री प्रतिमा शर्मा, महिला अधिकारकर्मीहरु, बालक्लबका
प्रतिनिधिहरु, किशोरी समुह, विभिन्न विद्यालयका लैंगिक फोकल पर्सनहरु, महिला सहकारीका
प्रतिनिधिहरु, युवा समुह, गाउँपालिकाका महिला कर्मचारीहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरु
लगायत ८५ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्द्घाटन सत्रमा नेपाल सरकार, भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण
मन्त्रालयद्वारा गरीब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रममा गणकको रुपमा खटिनुभएका
५ जना गणकहरुले नि:शुल्क गाउँपालिकाको अपाङ्गता सम्बन्धी तथ्याङ्क समेत संकलन गरी गल्छी
गाउँपालिकालाई पुर्याउनुभएको सहयोग प्रति आभार सहित प्रसंशापत्र वितरण गरिएको थियो ।