समाचार
सस्कार महिला कृषि सहकारी संस्थाको भवन शिलान्यास कार्यक्रमका केहि झलकहरु
गल्छी गाउँपालिका वडा नं. ८ गोगनपानी स्थित संस्कार महिला कृषि सहकारी संस्थाको भवन सिलान्यास भएको छ | गल्छी गाउँपालिकाको आर्थिक सहयोगमा बन्ने उक्त भवन गल्छी गा.पा अध्यक्ष श्री कृष्णहरि श्रेष्ठ ज्यू ले मिति २०७७ जेष्ठ ३२ गते सिलान्यास गर्नु भएको हो | उक्त कार्यक्रममा
गल्छी गा.पा. वडा नं ८ का वडा अध्यक्ष श्री भरत तामाङ्ग ज्यू, गल्छी गा.पा वडा नं. ७ का वडा सदस्य श्री राजन खड्का अन्य पदाधिकारी तथा कर्मचारी लगायत स्थानीयको उपस्थिति थियो |