समाचार
२७ औं अपाङ्गता दिवस अन्तरक्रिया कार्यक्रम
मिति २०७५ /०८/१७ गते श्री बागेश्वरी उच्च माध्यमिक बिद्यालय बैरेनी धादिङ्गको हलमा गल्छी गाउँपालिकाको आयोजना र गुप्तेस्वरी अपाङ्ग संघको समन्वयमा एक दिवशिय अपाङ्गता विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रममा सरोकारवालाहरु विधालयका प्र.अ. हरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, सुरक्षा निकाएका प्रतिनिधी, अपाङ्गता भएका व्यक्तिहरु समेत उपस्थिति रहेको थियो | गल्छी गाउँपालिकाका अध्यक्ष श्री कृष्णहरी श्रेष्ठ ज्यु ले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री राधा तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय अपाङ्ग समन्वय समिति गठन गरियो | सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्री कृष्णहरी श्रेष्ठ ज्यु ले बिना भेदभाव समितिलाई पूर्णता दिई कार्यबिधि तर्जुमा गर्नु र निस्पक्ष रुपमा काम गरि अपाङ्ग मैत्री सेवा प्रबाह गर्ने कुरामा जोड दिनुभयो| यस साथै गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दान बहादुर ऐडी ज्यु ले अपाङ्गता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कर्मचारी तथा जनप्रतिनिधि एव सरोकारवाला सबैले जनमैत्री भएर शासक नभई सेवक भएर शासन गर्न सिकाउन तथा गाउँपालिकाको तर्फबाट अपाङ्ग मैत्री बाताबरण बनाई सेवा प्रबाह गर्ने कुरामा जोड दिनुभएको छ | यसका साथै अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै अबका दिनहरुमा गाउँपालिका बाटहुन सक्ने सहयोगमा कुनै पनि कसुर बाँकि नराख्ने कुरामा जोड दिनुभयो | साथै आगामी दिनहरुमा अपाङ्गमैत्री सेवालाई प्राथामिकतामा राखी काम गर्ने बताउनु भयो | आगामी बर्षको बजेट तथा कार्यक्रम थप बजेट बिनियोजन गरि अपाङ्गहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो |