FAQs Complain Problems

व्यवसाय नबीकरण

सेवा प्रकार:

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) व्यवसाय नबीकरणको निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय दर्ता प्रमाणपत्रको सक्कल
३) कर चुक्ताको प्रतिलिपि
४) अन्यत्र कतै दर्ता नभएको व्यवसायको हकमा चारै तर्फका सधियारहरुको मुचुल्का
५) आफ्नै घर भए चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
६) भाडामा बसेको भए घर धनीको वा जग्गाको लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि र भाडामा लिने सम्बन्धि सम्झौताको प्रतिलिपि
७) सम्बन्धित वडा कार्यालयको सिफारिश