बाढीका कारण सम्पर्कविहिन व्यक्तिहरुको नामावली सम्बन्धी सूचना । - 2083/09/11

शीर्षक

बाढीका कारण सम्पर्कविहीन व्यक्तिहरूको नामावली सम्बन्धी सूचना !

मिति

२०८३/०५/११ (पत्र संख्या: क.प्र./२०८३/०८४)

विवरण

मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सो नदी र त्यसपछि त्रिशूली नदीमा आएको भीषण बाढीबाट धेरै ठूलो धनजनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा संघ, प्रदेश र स्थानीय सरकार, नागरिक समाज, संघसंस्था एवं जनसमुदायको सक्रियता रहेको छ। खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सबै पक्षको थप सक्रियता र सहभागिता आवश्यक छ।

यसै सन्दर्भमा गल्छी गाउँपालिकाका तपसिलका बासिन्दाहरू हालसम्म परिवारको सम्पर्कमा नआउनुभएको जानकारी प्राप्त भएको छ। सम्पर्कविहीन व्यक्तिहरूमा वडा नं. १ का सागर पौडेल (३५ वर्ष); वडा नं. २ का वीर बहादुर राई (ठुलोकान्छा) (३८ वर्ष) र मिलन भुजेल (२८ वर्ष); वडा नं. ७ का सन्तोष खड्का (सिन्धुपाल्चोकमा स्थायी घर भई हाल गल्छी ७ मा बसोबास गर्ने); तथा वडा नं. ८ का सुरत बुढाथोकी (३० वर्ष), सहदेव नेपाल (३२ वर्ष), चन्द्र बहादुर ज्ञामी (३२ वर्ष), राजु सुनार (३४ वर्ष) र रमेश खतिवडा (३५ वर्ष) रहेका छन्।

उहाँहरूलाई देख्नुभएमा, फेला पार्नुभएमा वा उहाँहरूको स्थितिबारे कुनै पनि जानकारी पाउनुभएमा सम्बन्धित महानुभावहरूले गाउँपालिका वा नजिकैको प्रहरी चौकीमा सूचना उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।

सम्पर्क:

  • सूचना अधिकारी श्री राम प्रसाद पौडेल: ९८५११४०३५३
  • प्रशासन शाखा श्री टीकाराम पौडेल: ९८४७८६२७६२

प्रमुख प्रशासकीय अधिकृत
पूर्ण प्रसाद दुलाल
गल्छी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बैरेनी, धादिङ