वार्षिक कार्यक्रमहरूको जानकारी र पशुपंछी घुम्ती शिविर तथा स्थलगत तालिम सम्बन्धी सूचना - (२०८३/०६/१५)

शीर्षक: वार्षिक कार्यक्रमहरूको जानकारी र पशुपंछी घुम्ती शिविर तथा स्थलगत तालिम सम्बन्धमा

मिति: २०८३/०६/१५

विवरण:

श्री सरोकारवाला सबैमा, गल्छी गाउँपालिकाको कार्यालय, धादिङ।

चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमहरूको जानकारी र पशुपंछी घुम्ती शिविर तथा स्थलगत तालिम कार्यक्रम २०८३ भदौ ९ गतेदेखि सुरु भएको थियो। भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण भदौ ११ गते अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि कार्यक्रम स्थगन गरिएको थियो। अब गल्छी गाउँपालिकाको पशु सेवा शाखाबाट तल दिइएको मिति, समय र स्थानमा कार्यक्रम हुने भएकाले सरोकारवाला सबैलाई उपस्थितिका लागि अनुरोध गरिन्छ।

सबै स्थानमा कार्यक्रम बिहान दस बजेर तीस मिनेटदेखि अपराह्न चार बजेसम्म हुनेछ। मिति र स्थान क्रमैसँग तल दिइएको छ।

वडा नम्बर पाँचमा, २०८३ असोज १९ गते, पाँच नम्बर वडा कार्यालय, थालचौरमा।

वडा नम्बर एकमा, २०८३ असोज २० गते, एक नम्बर वडा कार्यालय, डुम्रीचौरमा।

वडा नम्बर आठमा, २०८३ असोज २१ गते, आठ नम्बर वडा कार्यालय, गोगनपानीमा।

वडा नम्बर दुईमा, २०८३ असोज २२ गते, दुई नम्बर वडा कार्यालय, बरभञ्याङमा।

वडा नम्बर तीनमा, २०८३ असोज २३ गते, तीन नम्बर वडा कार्यालय, आमडाँडामा।

वडा नम्बर चारमा, २०८३ असोज २६ गते, चिरौदिभञ्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा।

वडा नम्बर छमा, २०८३ असोज २७ गते, बागेश्वरी आधारभूत विद्यालय, बाहुनपलाङमा।

सेवा शुल्क गल्छी गाउँपालिकाको आर्थिक ऐन बमोजिम हुनेछ।