FAQs Complain Problems

सम्पूर्ण वडाहरुमा अनलाईन व्यक्तिगत घटना दर्ताको कार्य सुभारम्भ

सम्पूर्ण वडाहरुमा अनलाईन व्यक्तिगत घटना दर्ताको कार्य सुभारम्भ

गल्छी गाउँपालिकाका सम्पूर्ण वडाहरुमा अनलाईन व्यक्तिगत घटना दर्ताको कार्यसुभारम्भ भएको छ | गल्छी गाउँपालिका  वडा नं. ३ बाट अनलाईन व्यक्तिगत घटना दर्ता प्रारम्भ गरि पूर्ण अनलाईन घटना दर्ता गाउँपालिका घोषणा गरिएको हो | गाउँपालिका अन्तर्गतका जम्मा ८ वटा वडाहरु मध्ये ७ वटा वडा हरुमा एस अघिनै अनलाईन बाटै घटना दर्ता गरिए पनि वडा नं. ३ आमडाडामा प्राबिधिक कारणबश इन्टरनेट जडान गर्न सकीएको थिएन | सूचना प्रबिधि अधिकृत श्री नमराज अधिकारी र अन्य टिमको अथक प्रयास पछि अन्तत: सबै वडाहरुमा अनलाईन व्यक्तिगत घटना दर्ता सम्भव भएको  जानकारी दिंदै गल्छी गा.पा. वडा नं. ३ का वडा अध्यक्ष तथा जडान कार्यका संयोजक श्री कपिल प्रसाद रेग्मी ज्यु ले  सामान्य प्रकृति का कामका लागि गाउँपालिका नै धाउनु पर्ने  समस्या अब अन्त्य भएकोले वडा बासि खुसि भएका बारे जानकारी गराउनु भयो |  

प्रकार:

आर्थिक वर्ष: